Home समाचार औजार तथा गाडीहरुको पूजा गरी विश्वकर्मा दिवस मनाइदै

औजार तथा गाडीहरुको पूजा गरी विश्वकर्मा दिवस मनाइदै

झापा । आश्विन सङ्क्रान्ति । आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर तथा आफूले चलाउने सवारी तथा ढुवानीजन्य साधान, उद्योग कलकारखानाका इन्जिन तथा मेसिन, औजारलाई पूजा गरि देशभर विश्वकर्मा दिवस मनाइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण विगतको तुलनामा यो वर्ष विश्वकर्मा दिवस पनि प्रभावित भएको छ । विश्वकर्मा पूजाका दिन ग्यारेज तथा कलकारखानाहरुमा मजदुरहरु भेला हुने र विशेष हर्षोल्लासका साथ मनाउने गरिएको थियो । तर यो वर्ष भने विश्वकर्मा दिवस पनि औपचारिकतामा मात्र सिमित भएको देखिएको छ ।
गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न मेसिनरी सामानको पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरेको पाइन्छ ।
पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार औजार तथा गाडीहरुको पूजा गरी विश्वकर्मा दिवस मनाइदै

Most Popular

Recent Comments