Home समाचार यातायात,हवाईउडान र होटल/रेष्टुरेन्ट असोज १ बाट खुल्ला

यातायात,हवाईउडान र होटल/रेष्टुरेन्ट असोज १ बाट खुल्ला

झापा । लामोदुरीका यातायात,आन्तरिक हवाईउडान र होटल/रेष्टुरेन्ट असोज १ बाट खुल्ला
कोरोना संक्रमण जोखिमका कारण गत चैतदेखि बन्द रहेका लामो दुरीका यातायात, आन्तरिक हवाई उडान, होटल तथा रेष्टुरेन्ट असोज १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने तथा आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्ट पनि खुल्ला गर्ने निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णय अनुसार यातायात व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने तर, बसको एक लहरको सिटमा एकजना मात्र बस्न पाउने निर्णय गरेको बताइएको छ । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने अधिकार सुरक्षित गरेको छ ।
त्यसैगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने मन्त्री परिषद बैठकको निर्णय अनुसार विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार यातायात,हवाईउडान र होटल/रेष्टुरेन्ट असोज १ बाट खुल्ला

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments