Home समाचार सन नेपालद्वारा ५१ लाख ५० हजार विमा रकम हस्तान्तरण

सन नेपालद्वारा ५१ लाख ५० हजार विमा रकम हस्तान्तरण

विर्तामोड । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको छ ।
अर्जुनधारा– ८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीले सन नेपाल लाइफ इन्स्यूरेन्स कम्पनीको विर्तामोड शाखाबाट गत मंसिर ४ गते ५० लाखबराबरको जीवन विमा गरेका थिए । विमावापतको पहिलो प्रिमियम बुझाएका उनको एक महिना १९ दिनपछि पुस २१ मा हृदयघातका कारण निधन भएको थियो ।
इन्सुरेन्सले विमा भुक्तानी दाबी गरे अनुसार शनिश्चरे चोकमा एक अनौपचारिक कार्यक्रम गरी ५१ लाख ५० हजार रुपैयाँको चेक मृतकका आमा मनमाया रसाइली र श्रीमती रीना सुनारलाई हस्तान्तरण गरेको हो । इन्सुरेन्सका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेल, विर्तामोड शाखा प्रमुख विकास श्रेष्ठ, बरिष्ठ एजेन्सी मेनेजर प्रेमराज गिरी, रामप्रसाद घिमिरे, रुद्र निरौला लगायतले मृतकका परिवारलाई रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
विमा दावी भुक्तानी कार्यक्रममा एजेन्सी मेनेजर शिव धिमाल, इन्द्र गहतराज, इन्दिरा पौड्याल र सन्दिप बराल लगायतको उपस्थिति रहेको थियो ।
पुस महिनामा घटना भए पनि लकडाउनका कारण सम्बन्धित परिवारले आवश्यक कागजात जुटाउन नसक्दा रकम हस्तान्तरण गर्न ढिला भएको बरिष्ठ एजेन्सी मेनेजर रुद्र निरौलाले बताए । उनका अनुसार कागजात पूरा भएको १५ दिनभित्र परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सहायक महाप्रबन्धक तुलसीनाथ पौडेलले दुखद् घडिमा कम्पनीले सहजरुपमा दावी भुक्तानी गरी विमाप्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधै विमितको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा स्थानीय युवा व्यवसायी गोविन्द खतिवडाले विमा गर्नुले आफ्नो मात्र नभई आफ्नो परिवारजनको सुरक्षा हुने भनाइ राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सन नेपालद्वारा ५१ लाख ५० हजार विमा रकम हस्तान्तरण

Most Popular

Recent Comments