Home Featured 2 चोरी तस्करी रोक्ने गणपति पाण्डेको प्रतिबद्धता

चोरी तस्करी रोक्ने गणपति पाण्डेको प्रतिबद्धता

भद्रपुर । सशस्त्र प्रहरी बल हेडक्वाटर २ नं गणका गणपति रमेशकुमार पाण्डेले सीमा सुरक्षा तथा चोरी तस्करी रोक्ने प्रतिबद्धता जनाएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले आफ्नो कार्यालय परिसरमा झापाली सञ्चारकर्मीसित अन्र्तक्रिया गर्दै आफ्नो कार्यकालभरी विभागले दिएको जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल भारत सीमा क्षेत्र अन्र्तगत झापामा १४३ किलो मिटर सीमा सुरक्षाको जिम्मेवारी बहन गरिरहेको सशस्त्र प्रहरी बल हेटक्वाटर २ नम्वर गण मातहतमा बिओपी (सीमा सुरक्षा पोस्ट) ९ वटा रहेकोमा यस वर्ष ८ वटा थप हुने जानकारी दिँदै उपरीक्षक पाण्डेले सीमा क्षेत्रमा हुने अपराध रोक्न बल मुख्य जिम्मेवार भएर लागिरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 चोरी तस्करी रोक्ने गणपति पाण्डेको प्रतिबद्धता

Most Popular

Recent Comments