Home खेल ओडीआई सिरिजमा सामको शतक,अष्ट्रेलियाको जित

ओडीआई सिरिजमा सामको शतक,अष्ट्रेलियाको जित

इंग्ल्यान्ड ब्याट्म्यान साम विलिंग्सको उत्कृष्ट शतकका बाबजुद अष्ट्रेलियासँगको पहिलो ओडीआई खेलमा १९ रनले पराजित भएको छ । योसँगै तीन ओडीआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता स्थानमा छ ।
जितका लागि २ सय ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७५ रनमा समेटिंदा साम विलिंग्सले १ सय १० बलमा १४ चौका र २ छक्का सहित १ सय १८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उनको यो खेल टोलीलाई जिताउन पर्याप्त हुन सकेन। यो उनको करिअरको पहिलो ओडीआई शतक हो । विलिंग्सलाई अन्तिम बलमा मिचेल मार्शले डेभिड वार्नरको हातबाट आउट गरे ।
त्यस्तै ओपनर जोनी बेयरस्टोले १ सय ७ बलमा ४ चौका र ४ छक्का सहित ८४ रनको योगदान दिए । बेयरस्टोलाई ३६ औं ओभरको दोस्रो बलमा एडम जाम्पाले जोश हेजलवुडबाट क्याच आउट गराए । यी दुई ब्याट्सम्यान बाहेक अन्यको प्रर्दशन सम्झन लायक रहेन ।
ओडीआईको दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल ओडीआई सिरिजमा सामको शतक,अष्ट्रेलियाको जित

Most Popular

Recent Comments