Home समाचार महेन्द्ररत्न माविमा अनलाईन सिकाई शुरु

महेन्द्ररत्न माविमा अनलाईन सिकाई शुरु

विर्तामोड । विर्तामोड नगरपालिका –३ स्थित महेन्द्र रत्न नमूना माध्यमिक विद्यालयले सिकाईका विभिन्न वैकल्पिक उपायको प्रयोग गर्दै आएको छ ।
सोही क्रममा कोभिड–१९ कोरोनाको कारण विद्यालय नियमित संचालन हुन नसकेपछि भदौ २२ गतेदेखि कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट सिकाई प्रक्रिया सुरु गरिएको विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिनुभयो । तत्कालका लागि नेटको पहुँचमा भएका विद्यार्थीहरुलाई लक्षित गरि यो कार्यक्रम संचालन गरिएको बताइएको छ ।


सिकाईका बैकल्पिक उपाय खोज्ने क्रममा नेटको पहुँच नभएकाहरुका लागि समेत अन्य उपयुक्त विधिहरुको खोजी भैइरहेको छ प्रधानअध्यापक खरेलले बताउनु भयो ।
केही समय अघिदेखि विद्यार्थीको घरदैलोमा पुगेर कोरोना सम्बन्धी सचेतना जगाउने जस्ता कार्यमा विद्यालयका शिक्षकहरु लागिरहेको शिक्षक रविन शर्मा बताउनु भयो ।
विर्तामोड नगरभरीकै सामुदायिक विद्यालयहरुले कुनै न कुनै रुपबाट प्रविधी तर्फ अग्रसर हुँदै बैकल्पिक सिकाईका माध्यमबाट विद्यार्र्थी लक्षित व्यवहारिक तथा सैद्धान्तिक सिप र ज्ञानका लागि विद्यालयका शिक्षकहरु लागिरहनु भएको जानकारी नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेलले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण गत चैतदेखि बन्द विद्यालयहरु शैक्षिक सत्रको ६ महिना वित्न लाग्दापनि खुल्न नसकेपछि विद्यालयले विद्यार्थीको शैक्षिक वर्ष खेरजान नदिन बैकल्पिक उपाय अपनाएर देशका विभिन्न विद्यालयहरुले कक्षा सञ्चालन गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार महेन्द्ररत्न माविमा अनलाईन सिकाई शुरु

Most Popular

Recent Comments