Home समाचार जेष्ठ नागरिकको हकहित सुनिश्चित गर्ने प्रतिवद्धता

जेष्ठ नागरिकको हकहित सुनिश्चित गर्ने प्रतिवद्धता

भद्रपुर । जेष्ठ नागरिक संघ झापा तथा भद्रपुर नगरसमितिले गत आइतबार सरुवा भएर झापा आउनु भएका प्रमुख जिल्ला अधिकारी श्रबणकुमार तिम्सिनालाई परिचयात्मक कार्यक्रम सहितको स्वागत तथा सम्मान गरेको छ ।
संघका जिल्ला तथा नगर प्रतिनिधिहरु क्रमशः हरी ओली, ईश्वरी तिमसिना, धनप्रसाद शिवाकोटी, परमानन्द मिश्र, लगायतका प्रतिनिधिहरुले बिहिवार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै गएर स्वागत सम्मान सहित परिचयात्मक कार्यक्रम सम्पन्न गरेका हुन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी तिम्सिनाले जिल्लामा रहेका जेष्ठहरुका हक अधिकारहरुलाई सुनिश्चित गर्न र गराउन आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भएको नगरसंघ भद्रपुरका द्वितीय उपाध्यक्ष धनप्रसाद शिवाकोटीले बताउनु भयो ।
यसै गरी सोही कार्यक्रमका बीच संघका जिल्ला सल्लाहकार महावीर अग्रवालले कोरोना भाईरसबाट बच्न र बचाउन सहयोग पुगोस भन्ने उदेश्यले प्रजिअ तिम्सिनालाई केही थान माक्स र सेनिटाईजर समेत प्रदान गर्नु भएको थियो ।
यसै गरी सेवा निवुत्त कर्मचारी समाज झापाले समेत प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर स्वागत सम्मान गरेको छ ।
समाज झापाका अध्यक्ष धनप्रसाद शिवाकोटी, सचिव चेतनाथ भट्टराई, जिल्ला सदस्य उत्तम सुवेदी लगायतका पदाधिकारीहरुले कार्यकालको शुभकामना सहित स्वागत सम्मान गर्नु भएको हो ।
सो अवसरमा प्रजिअ तिम्सिनाले समाजका हक अधिकारलाई सुनिश्चित गर्न गराउन आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जेष्ठ नागरिकको हकहित सुनिश्चित गर्ने प्रतिवद्धता

Most Popular

Recent Comments