Home साहित्य लघुकथा ‘मनोज भाई’

लघुकथा ‘मनोज भाई’

लिला बल्लभ नेपाल

सधै जसो रक्सी पिएर दमक चौकमा लखर–लखर बाटोमा हिडिरहने मनोज कार्की एक्कासी बाटोमा ढल्न पुग्छ । मनोजलाई चिने जानेका धेरै ब्यक्तिहरु दमक चोकमा भए पनि उसलाई कोरोना त्रासको कारण कोही पनि उठाउन जाने आँट गर्न सकिरहेका थिएनन् । समाचार संकलनको शिलशिलामा सोही बाटो हुँदै थाना रोडतिर जाँदै गरेका पत्रकार सुदर्शनले मनोजलाई लडिरहेको अवस्थामा देख्छन । मनोजलाई पत्रकार सुदर्शनले देखिरहेको व्यक्ति भएका कारण उसलाई छोडेर त्यहाँबाट हिड्न सक्दैनन् र नजिकैको मेडिकल पसलमा गएर पन्जा तथा टोपी किनेर लगाउँछन र अचेत अवस्थामा लडिरहेको मनोजलाई उठाएर लाईफलाईन अस्पताल पुर्याउँछन् । डाक्टरको प्रारम्भिक परीक्षणवाट थाहा हुन्छ मजोजलाई दिमागको रोग रहेछ र उसलाई विर्तामोड स्थित बि.एण्ड सि. अस्पताल लैजाने सल्लाह दिइन्छ ।

सुदर्शन मनोजलाई हस्पिटल पुर्याएर हिड्न पाउँदैनन् किनकी मनोजको आफन्त त्यहाँ कोही पनि थिएन । अस्पतालको प्रारम्भिक खर्च मात्र १५/२० हजार आइसकेकोले पत्रकार सुदर्शन उसका आफन्त खोज्न तिर लाग्छन् । मनोजको मोवाइल सर्च गरेर उसले भरखरै कुरा गरेका व्यक्तिलाई सम्पर्क गर्दा आफन्त फेला त पर्छन तर मनोजको सहयोगार्थ कोही पनि त्यहाँ आउन चाहँदैनन् । धरै प्रयास गर्दा काठमाण्डौमा उसका दाजु गोकुल कार्की रहेको थाहा हुन्छ । गोकुल धरानका धनाढ्य व्यक्ति रहेछन् तर हाल काठमाण्डौमा बस्दा रहेछन् । उनै दाजु गोकुलले चासो दिएपछि त्यहाँ उनले भनेको व्यक्ति अस्पतालमा सहयोगको लागि आई पुग्छ तर त्यो मान्छेले पनि अचेत मनोजको जिम्मा लिन चाहँदैन । मनोजको दाजु गोकुलले पठाएको अर्को व्यक्तिले अन्त्यमा मनोजको जिम्मा लिन्छ र मनोजको मोवाइल लगायत अन्य सामाग्री उक्त आफन्तलाई जिम्मा लगाएर पत्रकार सुदर्शन फिर्ता हुन्छन् । जब उनी आफ्नो अफिसमा पुग्छन् उनलाई लाग्छ त्यो जिम्मा लिएको व्यक्तिले लापरवाही गर्यो भने मनोजको ज्यान जान सक्ने सम्भावना देखेर पत्रकार सुदर्शन आफ्नो अफिसको स्टाफ सहित पुनः लाइफलाईन अस्पताल पुग्छन् । जब उनी अस्पताल अगाडीको चिया पसल नजिक के पुगेका थिए, मनोज जस्तै देखिने व्यक्ति चिया पसलको कुनामा बसेर गाँजा तानिरहेको हुन्छ । सुदर्शनलाई शंका लाग्छ र नजिक गएर हेर्छन्, साँच्चै त्यही अचेत अवस्थामा अस्पतालमा छोडिएको मनोज गाँजा तानिरहेको व्यक्ति रहेछ । पत्रकार सुदर्शन तीन छक्क पर्छन र मनमनै सोच्छन ‘यो जमाना भलाईको जमाना हैन रहेछ’, सुदर्शन मनोजको कृयाकलापवाट हैरान हुन्छन र त्यहाँबाट आफ्नो घर फर्कन्छन् ।विराटनगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

साहित्य लघुकथा ‘मनोज भाई’

Most Popular

Recent Comments