Home Featured 2 शक्ति संघर्षमा कर्मचारी, रमिताघर बन्दै मेची अस्पताल

शक्ति संघर्षमा कर्मचारी, रमिताघर बन्दै मेची अस्पताल

भद्रपुर । कोरोना उपचार केन्द्र थपिएपछि जनविश्वास गुमाउँदै जाँदा मेची अस्पतालमा उपचार गर्ने विरामीको चाँप घट्दो अवस्थामा छ । अस्पतालमा कार्यरत प्राविधिक तथा कर्मचारीको सेवा प्रवाहको विषयमा पटक–पटक जन गुनासो बढिरहेको अस्पतालमा आपसी कलहले झनै नकारात्मक असर परिरहेकोे छ ।
ल्याव तथा ओपीटी सेवाका अधिकांस कर्मचारी आफूले जिम्मेवारी पूरा गर्न भन्दा अस्पताललाई तलव खाने स्थल बनाएर पहुँचको बलमा अन्यत्र सेवा गर्न जाने गरेका घटना नयाँ होइनन् । राज्यले दिएको दायित्व बिर्सेर जनताको सेवा गर्ने कर्मचारीहरू आपसी मुडेबलमा सेवा बिर्सदै कमाउने खेल खेल्दा समेत व्यवस्थापकीय नेतृत्व गुपचुप बस्नाले अस्पतालका सेवाहरू थप प्रभावित भइरहेका छन् ।
पछिल्लो पटक ल्याव इन्चार्ज रामचन्द्र झालाई महिला कर्मचारी रचना शर्मामाथि अभद्र व्यवहार तथा हातपात प्रयास गरेको आरोप लागेको छ । ६ वर्षयता अस्पतालको ल्याव प्रमुखको जिम्मेवारी सम्हालेका झा पहिलो पटक विवादमा परेका भने होइनन् । उनीमाथि यस अघिपनि कर्मचारीमाथि अभद्र व्यवहार गरेको तथा विभिन्न निकायबाट सिक्न आउने विद्यार्थीमाथि शोषण गरेको आरोप लाग्ने गरेको थियो ।
यता आरोप लगाउने शर्मा पनि विवाद रहित कर्मचारी भने होइनन् । ५ वर्षयता अस्पतालमा कार्यरत उनीमाथि आफूले दिनुपर्ने समय कार्यालयलाई नदिने ठग प्रवृत्ति भएकी कर्मचारीको आरोप लाग्ने गरेको छ ।
घटना विवरण अनुसार शर्मा लगायत ६ जना कर्मचारीले गएको शनिवार विहान कोरोना परीक्षणका लागि स्वाव संकलन कार्यमा खटिएका थिए । ६ महिनायता स्वाव संकलनमा गएका कुनै पनि कर्मचारीलाई त्यस दिन कार्यालयको काममा आउनु नपर्ने नियम बनाइएको थियो । सोही अनुसार रात्रीकालीन ड्युटीमा शर्मा कार्यालयमा आइनन् । इन्चार्ज झालाई ड्युटीमा कर्मचारी नआएको खवर गएपछि फोन मार्फत बुझ्दा काममा नआउने जानकारी पाए । सोही विषयलाई लिएर प्रमुख झा र कर्मचारी शर्मा बीच आइतवार विहान ड्युटी स्थलमा विवाद हुन पुग्यो । दुवैजना आ–आफ्नो शक्ति प्रदर्शनमा उत्रदा अस्पतालको ल्याव सेवाग्राहीका लागि रमिता सावित हुन पुग्यो ।
त्यहाँ कार्यरत कर्मचारी पनि प्रमुख झा र सहकर्मी शर्मा दुवैको पक्ष र विपक्षमा विभाजित हुँदा सेवा प्रवाहमा पनि प्रत्यक्ष असर देखिएको छ ।
शर्मा आफूमाथि प्रमुख झाले पटक पटक दुव्र्यवहार गरेको आरोप लगाउँछिन् भने प्रमुख झा शर्माको आरोप झुट रहेको बताउँछन् । सहकर्मीहरू पनि दुई गुटमा देखिएका कारण प्रष्ट भन्न रूचाउँदैनन् । दुई कर्मचारीको विवाद अस्पतालभित्रै मिलाउने प्रयासमा रहेका मेडिकल सुपरिटेन्डेन डा. पिताम्बर ठाकुर भने आफू मिटिङमा रहेको भन्दै विवाद प्रकरण बताउन चाहेनन् । अस्पताल भित्रको कर्मचारीको विवाद भित्र मिलाउन नसकेपछि वडा प्रहरी कार्यालय भद्रपुरमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 शक्ति संघर्षमा कर्मचारी, रमिताघर बन्दै मेची अस्पताल

Most Popular

Recent Comments