Home समाचार चाँदनी सडकमा खोलो बग्दै : स्थानीय दुखित

चाँदनी सडकमा खोलो बग्दै : स्थानीय दुखित

भद्रपुर । दुई वर्षयता स्तरीकरणको काम अलपत्र परेपछि भद्रपुर १० चाँदनी टोलको सडक हिड्न नसकिने भएको स्थानीयको दुखेसो छ ।
पटक पटक नगर सरकारसित गिटी बालुवा लगाइदिन गरिएको अनुरोध नसुनिएपछि पानी पर्दा खोला जस्तै सडकमा पानी बग्ने गर्दा सास्ती सहनु परेको पीडितहरूको गुनासो आएको हो ।
स्थानीय किशोर पौडेलका अनुसार सो सडक स्तरीकरणका लागि दुई वर्षयता गरिएको प्रयास सरकारी पक्षले अस्वीकार गरेकै कारण हिलोले सडक हिड्न नसकिने अवस्था निर्माण भएको हो ।
सो सडकमा पानी निकासका लागि व्यवस्थित नाली समेत नहुँदा वर्षादको पानी सडकमै जम्ने अवस्था आएको त्यहाँका बासिन्दाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चाँदनी सडकमा खोलो बग्दै : स्थानीय दुखित

Most Popular

Recent Comments