Home Featured 2 सिंहका दुईवटा मूर्तिसहित मगर पक्राउ

सिंहका दुईवटा मूर्तिसहित मगर पक्राउ

सोलुखुम्बु । मन्दिरबाट हराएको मूर्तिसहित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानका ३५ वर्षीय रमेश मगर रहेका छन् ।
मगरलाई प्रहरीले छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ मा रहेको एक होटलबाट मूर्तिसहित मगरलाई पक्राउ गरेको जनाएको छ । दुधकुण्ड गाउँपालिका–८ स्थित चागेस्थान मन्दिरबाट सोमबार साढे १२ बजे दुईवटा सिंहको मूर्ति हराएपछी मन्दिर समितिले खोजी गरेको थियो । समितिले मूर्ति फेला पार्न नसकेपछि जिल्ला प्रहरी कार्यालय सोलुमा खबर गरेका थियो । पक्राउ परेका उपर कानुनी कारवाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 सिंहका दुईवटा मूर्तिसहित मगर पक्राउ

Most Popular

Recent Comments