Home समाचार पहिरोले विद्युत गृह बगाउँदा ताप्लेजुङमा २ को मृत्यु

पहिरोले विद्युत गृह बगाउँदा ताप्लेजुङमा २ को मृत्यु

झापा । पहिरोले पुरिएर ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ का दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन । गए राती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउँदा उनीहरुको पनि पुरिएर मृत्यु भएको हो । खोलामा आएको बाढीले माथिबाट पहिरो झार्दा २० किलोवाट क्षमताको विद्युत्गृह बगेको गाउँपालिकाका अध्यक्ष टिका गुरुङले जानकारी दिए ।
यता जंगलबाट रुखका हाँगा ल्याएर घरमा राख्ने क्रममा आँगनमा खेलिरहेका बालकलाई लाग्दा मोरङको धनपालथान गाउँपालिकाका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ धनपालथान–३ चेकाटोलका बिजय ऋषिदेबका ६ बर्षीय छोरा बसिकरण ऋषिदेब रहेका छन् । आज दिउँसो काका सुनिल ऋषिदेवले जंगलबाट ल्याएको हाँगा घरमा राख्ने क्रममा आँगनमा खेलिरहेका बसिकरणलाई लाग्दा घाइते भएका थिए । उनको कर्सिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । काका सुनिल भने फरार रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पहिरोले विद्युत गृह बगाउँदा ताप्लेजुङमा २ को मृत्यु

Most Popular

Recent Comments