Home समाचार ढोरपाटनका पहिरो पीडितलाई सहयोग गर्न देशभरका सहकारीलाई आव्हान

ढोरपाटनका पहिरो पीडितलाई सहयोग गर्न देशभरका सहकारीलाई आव्हान

बागलुङ । जिल्ला सहकारी संघ बागलुङले भदौ १७ गतेको अविरल बर्षातका बाढी पहिरोमा परी पीडित ढोरपाटन नगरपालिकाका स्थानीयलाई सहयोग गर्न देशभरका सहकारी संस्थाहरुलाई आव्हान गरेको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा शनिवार बिहान बसेको संघको बैठकले घटनामा परि वेपत्ता भएकाहरुको खोजविन र राहत तथा पुनस्थापनामा ध्यान दिन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको संघका सचिव तेजेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरोका कारण ठुलो संख्यामा मानवीय क्षती हुनुका साथै स्थानीय बासिन्दाहरु घरबार बिहिन भएको अवस्थालाई मध्यनजर गरी जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संस्थाहरु लगायत देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई सहयोगका लागि आव्हान गरेको संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
विपत्तीको समयमा सबै मिलेर पीडितहरुको पीडामा मल्हम लगाउने योजनाका साथ जिल्ला सहकारी संघले देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई संघको अभियानमा सहयोग गर्न आव्हान गरेको जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु)ले बताउनुभयो ।
बागलुङवासीलाई परेको विपत्तीमा देशभरका सहकारीहरुबाट ऐक्यवद्धता र सहयोगको अपेक्षा सहित सहयोगका लागि राष्ट्रिय सहकारी बैंक बागलुङ शाखामा रहेको खाता नं. १४–०००३३–९ मा रकम जम्मा गर्न सकिने कोषाध्यक्ष जिसीले जानकारी दिनुभयो ।
संघले सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णयसंगै संघका पदाधिकारी तथा सदस्यहरुका तर्फबाट ६० हजार रुपैया संकलन भएको जनाइएको छ ।
पहिरोबाट ढोरपाटन नगरपालिकामा १५ जनाको ज्यान गएको र २३ जना वेपत्ता रहेका छन् । बढी पहिरोले ८० घर पूर्ण रुपमा र ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालयमा क्षति पु¥याएको छ ।
पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै घटनामा परि वेपत्ता भएकाहरुको खोजविन र राहत तथा पुनस्थापनामा ध्यान दिन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ढोरपाटनका पहिरो पीडितलाई सहयोग गर्न देशभरका सहकारीलाई आव्हान

Most Popular

Recent Comments