Home Featured 2 यसरी जुटायो प्रहरीले गोमनसिंह हत्याको प्रमाण स्काभेटर देखि पानीपम्प सम्मको प्रयोग

यसरी जुटायो प्रहरीले गोमनसिंह हत्याको प्रमाण स्काभेटर देखि पानीपम्प सम्मको प्रयोग

भद्रपुर । शिवसतासी नगरपालिका–११ का गोमनंिसह मगरमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।
मगरको हत्यामा सोही ठाउँका उनकै साथी ३२ वर्षीय मनकुमार लिम्बूको संलग्नता रहेको प्रमाणसहित प्रहरीले लिम्बूलाई सार्वजनिक गरेको हो । लेनदेन विवादका कारण लिम्बूले मगरको हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
हत्याको मुख्य कारण आर्थिक लेनदेनको कारोबारमा भएको मनमुटाव देखिएको प्रहरीको भनाई छ । उनीहरुबीचको कारोबारमा असझदारी भएर मनमुटाव बढेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
यद्यपी, घटनाबारे अझै थप अनुसन्धान भइरहेको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनकुमारलाई भोली आइतबार जिल्ला अदालतमा म्याद थप अनुमति लिने तयारी गरिएको जिल्ला प्रहरी प्रमुख कोइरालाले जानकारी दिनुभयो । उनलाई मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ वमोजिम कर्तव्य ज्यान मुद्दामा सजाय हुने बताइएको छ ।

खोलामा प्रमाणको खोजी

भदौ १७ गते बिहान लगभग १० बजेतिर शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने भित्री सडकखण्डको किनारमा घाँटी काटिएको अवस्थामा शव भेटिएको प्रहरीलाई खबर आयो । शब भेटिएको खबर सूचना पाएसंगै इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली घटनास्थल पुग्यो र घटनास्थल सुरक्षित गर्यो। घटनाको जानकारी पाएलगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुहको टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानमा खटिएको थियो भने संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाइन टोलीसमेत घटनास्थल पुगेको थियो ।
प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ, अनुसन्धान गर्ने क्रममा मनकुमारले हत्या गरेको खुलेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ १६ गते साँझ लगभग साढे ६ बजे मृतक घरबाट साथीलाई भेट्न गएको र सम्पर्कविहिन भएका थिए । घटनाको सुक्ष्मढंगले अनुसन्धान गर्ने क्रममा प्रहरीले मनकुमारलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले मृतकलाई भेट्न बोलाएको रहस्य खुलेको थियो । दुवै भेट भएपछि गोमनले चलाएको मोटरसाइकलको पछाडि बसेका लिम्बूले बेलुकाको हावा खाई फ्रेस हुन भन्दै सताक्षीधामतिर जान भनेका थिए । त्यसबेला मोटरसाइकल विस्तारै चलाउन लगाएर मनकुमारले लुकाएर बोकेको धारिलो हतियार कर्दले गोमनसिंहको घाँटी रेटेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


त्यसपछि गोमनसिंह मोटरसाइकलसहित सडकमा लडेपछि कसैले नदेखोस् भनेर सडकदेखि पूर्वपट्टी जंगलमा लगेर मनकुमारले लडाएका थिए । साथै, मृतकलाई उनले घाँटीमा पटक पटक कर्दले प्रहार गरेर मारेपछि सडकको नालीमा फालेको अनुसन्धानबाट खुलेको छ । मनकुमारले गोमनसिंहको आइफोन, हत्यामा प्रयोग भएको कर्द र आफ्नो मोवाइलसमेत झिलझिले खोलामा फालेको बयान दिएका छन् ।
लिम्बूको बयानको आधारमा जनप्रतिनिधि र स्थानीयसमेत सहयोगमा प्रहरीले सबुद प्रमाण फेला पार्न खोलाको पानीलाई स्काभेटर प्रयोग गरेको थियो । खोला जमेको पानी पम्प प्रयोग गरी फालेर खोजी गर्ने क्रममा मृतकले चलाउने गरेको आईफोन, हत्या गर्न प्रयोग भएको कर्द र अभियुक्त मनकुमार लिम्बुले चलाउने गरेको मोबाईल फुटेको अवस्थामा भदौ १९ गते प्रहरीले फेला पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 यसरी जुटायो प्रहरीले गोमनसिंह हत्याको प्रमाण स्काभेटर देखि पानीपम्प सम्मको प्रयोग

Most Popular

बाँसमा भविष्य खोज्दै बुद्धशान्तिका युवा

झापा । भारत सरकारले ‘बेम्बो वाटर बोटल’लाई प्लास्टिकको विकल्पका रुपमा प्रयोग गर्न सकिने गरेको घोषणाले झापाका तीन युवाको मन छोयो ।खेतबारीमा बार वार्ने,...

सहाराद्वारा परिवार राहत वितरण

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले २ जना ७५ बर्ष माथिका जेष्ठ सदस्यलाई परिवार राहत...

कनकाई नदीमा झोलुङ्गे पुल निर्माणको शिलान्यास

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्न...

अपाङ्ग आश्रमलाई खाद्यान्न र कपडा हस्तान्तरण

झापा । मेचीमहाकाली बुहारी संयुक्त आवाजले अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको छ ।घरेलु हिंसाका...

Recent Comments