Home Featured 2 कोरोनाका कारण १४ को मृत्यु

कोरोनाका कारण १४ को मृत्यु

झापा १९ भदौ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । काठमाडौंका ३ महिलासहित देशभरमा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित भेटघाटमा जानकारी दिइएको हो ।
मृत्यु हुनेमा काठमाडांैंका ३ महिला, चितवनका एक महिला, सप्तरीमा दुई पुरुष, धनुषा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतमा १÷१ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा झापाका २६ जना संक्रमीत भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । देशभरमा एकहजार तीनसय ५९ संक्रमीत थपिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर संक्रमीतको संख्या देशभरमा ४४ हजार दुईसय २६ जना छन् । कोरोना जितेर २४ घण्टामा १ हजार तीनसय ५४ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमीतको संख्या १८ हजार ६ सय ६५ रहेको छ । देशभरमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुईसय ७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 कोरोनाका कारण १४ को मृत्यु

Most Popular

Recent Comments