Home महिला बृद्धाश्रमलाई तन्ना र खाद्यान्न सहयोग

बृद्धाश्रमलाई तन्ना र खाद्यान्न सहयोग

विर्तामोड १९ भदौ । मेची–महाकाली बुहारी संयुक्त आवाजले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर विर्तामोडस्थित परोपकार समाज तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ ।
हिंसामा परेका महिलाहरुको न्यायिक निरुपण, विपद्मा परेका ब्यक्ति तथा विभिन्न सामाजिक संघसंस्थाहरुलाई सहयोग पु¥याउँदै आएको मेचीमहाकालीबुहारी संयुक्त आवाज झापा जिल्ला समितिले बृद्धाश्रममा रहेका बृद्ध बा–आमाहरुका लागि ३५ थान तन्ना तथा खाद्यान्न सहयोग गरेको हो । बुहारी आवाजका झाप ाजिल्ला संयोजक शिखा खड्का गणेशले बृद्धआश्रम ब्यवस्थापन समितिका अध्यक्ष विक्रम मादेनलाई २० हजार मूल्य बराबरको तन्ना तथा खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो ।

सामग्री ग्रहणपछि बोल्दै आश्रमका अध्यक्ष मादेनले विभिन्न जिल्लाका असहाय, सहाराविहीन र परिवारका कोही सदस्य नभएर वेवारिसे जीवन विताइरहेका बृद्ध आमा बुवाहरुको उद्धार गरी आश्रममा संरक्षण गरेर राखिएको बताउनुभयो । २ जना महिलाहरुबाट शुरु गरिएको आश्रममा अहिले १४ पुरुषसहित ३३ जना बृद्धबृद्धा रहेको मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार समुदाय तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा नै उहाँहरुको पालनपोषण भइरहेको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाबारे जानकारी हिमा पौडेलले गराउनुभएको थियो भने स्वागत अम्बिका दाहाल गिरी र सञ्चालन संस्थाकी सचिव कविता थापाले गर्नुभएको थियो ।
यमु शर्मा सुब्बा केन्द्रीय अध्यक्ष, चन्द्रा काफ्ले उपाध्यक्ष रहेको उक्त सञ्जालमा नेपालभित्र र बाहिर रहेका १० हजार बढी बुहारीहरु आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला बृद्धाश्रमलाई तन्ना र खाद्यान्न सहयोग

Most Popular

Recent Comments