Home Featured 2 विर्तामोडका कोरोना संक्रमित सुन व्यवसायीको परिवारका ३ सहित ५ जनामा संक्रमण

विर्तामोडका कोरोना संक्रमित सुन व्यवसायीको परिवारका ३ सहित ५ जनामा संक्रमण

विर्तामोड । गत भदौ ९ गते कोरोना संक्रमण पोजेटिभ देखिएका विर्तामोड–५ स्थित रत्न सुपरमार्केटका सुन व्यवसायीको परिवारका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुन व्यवसायीका परिवारमा कोरोना संक्रमण देखिएपछि रत्न सुपर मार्केट र प्रसाई मार्केट शिल गरी त्यहाँका व्यापारी, व्यवसायी तथा संक्रमित परिवार उनीहरु बसेको टोल र आफन्तसहित दुईसय जनाको कन्ट्रयाक ट्रेसिङका आधारमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
कन्ट्रयाक ट्रेसिङमा पिसिआर परीक्षण गरिएका मध्ये संक्रमित परिवारका तीनजना, विर्तामोड–५ स्थित बुद्धटोल निवासी संक्रमित परिवारका आफन्त १ जना विर्तामोडस्थित एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको विर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन यामबहादुर खड्काले जानकारी दिनुभयो ।
संक्रमितको केही तथ्याङ्क हिर्जै सार्वजनिक भएपनि सरकारी आधिकारिक तथ्याङ्कका रुपमा भने आजमात्रै आएको खड्काले बताउनु भयो ।
विर्तामोडका ५ सहित झापाको अर्जुनधाराका १ र कमल गाउँपालिकाका ६ जनासहित झापाका १२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
झापामा हालसम्म संक्रमित ६१५ मध्ये ४८१ जना उपचारपछि घर फर्किएको चौंलागाँईले जनाउनु भयो ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 विर्तामोडका कोरोना संक्रमित सुन व्यवसायीको परिवारका ३ सहित ५ जनामा संक्रमण

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments