Home साहित्य 'जलाएर गयौ तिमी'

‘जलाएर गयौ तिमी’

लिलावल्लभ नेपाल

गजल

तिम्रो तस्विर यो दिलमा सजाएर गयौ तिमी
हरेक पल मुस्कान छर्दै रमाएर गयौ तिमी ।

अटुट बनोस् मित्रताको बन्धन हाम्रो सधै भरी
एउटै रगत दुई मुटुमा बगाएर गयौ तिमी ।

अचानक तिम्ले आज विदाई हात हल्लाउँदा
आँसु बनी यी आँखामा रसाएर गयौ तिमी ।

सधैं भरी ताजा बनुन् तिम्रा हाम्रा पलहरु
हेर्दा हेर्दै क्षितिज पारी हराएर गयौ तिमी ।

सधै भरी फुलिरहुन् सम्झनाका फुलहरु
आँशु बगाई जिउँछु भन्थें जलाएर गयौ तिमी ।
विराटनगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

साहित्य 'जलाएर गयौ तिमी'

Most Popular

Recent Comments