Home समाचार मगरका हत्यारा पत्ता लगाउन सांसद साँवाको माग

मगरका हत्यारा पत्ता लगाउन सांसद साँवाको माग

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या घटनामा दोषी तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासनसंग माग गर्नुभएको छ ।
सांसद साँवाले जघन्य प्रकृतीको हत्या घटनामा संलग्नलाई हदै सम्मको सजायँ हुनुपर्ने समेत माग गर्नु भएको छ । सांसद साँवाले प्रहरी कार्यालयको लगभग १ किलोमिटरको दुरीमा हत्या घटना हुनुले आम सर्वसाधरण सुरक्षाको पहुँचमा नरहेको आरोप पनि लगाउनु भएकोछ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालासंग टेलिफोन गर्दे सांसद साँवाले अनुसन्धानको हरेक उपाय अपनाएर भएपनि अपराधी सम्म छिट्टै सुझाउनु भएको हो ।
मंगलबार साँझ घरबाट निस्किएका मगर राति अबेरसम्म घर नर्फकिएपछि आफन्त र छिमेकीले खोजी सुरु गरेका थिए । समाचार श्रोतका अनुसार परिवारका सदस्यले पौने ९ बजे फोन सम्पर्कको प्रयास गर्दा उनले प्रयोग गर्ने मोवायलको स्वीच अफ थियो । अरुबेला साँझ वा राति उनी एक्लै घर बाहिर निस्कँदैन थे ।
श्रोतका अनुसार प्रारम्भिक चरणमा प्रहरीले तीन जनालाई प्रहरीले सोधपुछका लागि निगरानीमा राखेको छ । प्रहरीको निगरानीमा रहेका तीनै जना मृतकका व्यवसायीक निकट मानिन्छन् । तर, प्रहरीले यस विषयमा औपचारिक रुपमा केहि बताउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कोइरालाले अनुसन्धान जारी रहेकाले अपराधी नजिक प्रहरी नपुगुञ्जेल केहि भन्न नसकिने बताउनु भयो ।
आफन्तले राति नै प्रहरीलाई खवर गरेपनि मगरको खोजीमा प्रहरीले तदारुकता नदेखाएको आफन्त तथा छिमेकीको आरोप छ । उनको शब पूर्व–पश्चिम रागमार्गको झिलझिलेबाट लगभग १ किलोमिटर उत्तर सताक्षीधाम जाने सडकको नालामा घाँटी काटिएको अवस्थामा फेला परेको थियो ।
माघमा मात्र बहाराइनबाट नेपाल आएका उनी लकडाउनका कारण नेपालमै थुनिएको पारिवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मगरका हत्यारा पत्ता लगाउन सांसद साँवाको माग

Most Popular

Recent Comments