Home समाचार मगर हत्या अनुसन्धानमा अल्मलियो हत्या ट्रयाकर डग ‘लैला’, प्रहरीलाई थपियो चुनौति

मगर हत्या अनुसन्धानमा अल्मलियो हत्या ट्रयाकर डग ‘लैला’, प्रहरीलाई थपियो चुनौति

झापा । झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको बिभत्स हत्या भएको छ । उनको घाँटी रेटिएको अवस्थामा बुधबार विहान रतुवामाई बृक्षारोपण आयोजनाको जंगल हातामा शब फेला परेको थियो । सताक्षीधाम जाने बाटोको देब्रे तर्फ उनको शव थियो भने दाहिने तर्फको जंगल भित्र उनले चलाउने मोटर साईकल थियो ।
घटनाको अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्दत लिइएको छ ।
मगरको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धानको लागि धरानबाट ट्रयाकर डग ‘लैला’ मगाइएको डिएसपी राकेश थापाले जानकारी दिनुभयो । कुकुर शाखाका प्रहरी नायव निरीक्षक दयानन्द श्रेष्ठको कमान्डमा घटनास्थल पुगेपछी लैलाले प्रहरी अनुसन्धानलाई सघाएको थियो ।
१ नम्बर प्रदेशमा कर्तव्य ज्यान जस्ता संवेदनशिल घटनाहरूमा अपराधी पहिचान गर्न ट्रयाकर डग ‘लैला’ प्रयोग गरिन्छ । घटनास्थलमा अपराधीले छाडेको सुराक सुँघेर पत्ता लगाउन सक्ने क्षमताको ‘लैला’ ले यस अघि पूर्वका विभिन्न जिल्लामा घटेका हत्या तथा बलात्कार जस्ता घटनामा प्रहरीलाई अपराधीसम्म पुर्याउन ठुलो मद्दत गरेको प्रहरीको भनाई छ ।
तर, मगरको हत्याराको खोजीमा ल्याइएको तालिम प्राप्त कुकुरले हत्यामा संलग्नको तत्काल पत्ता लगाउन सकेन । घटना स्थलमा पुगेको तालिमप्राप्त उक्त कुकुर केहीबेरपछि झिलझिले चोकतिर आएको थियो । यसले हत्यारा राजमार्ग तिर भागेको सङ्केत गरेको छ ।
घटना स्थलमा धरानबाट ल्याइएको प्रहरीको तालिम प्राप्त कुकुर (लैला)ले धामको बाटो हुँदै राजमार्गसम्म पुगेर हत्यारा भागेको सङ्केत गरेको प्रहरीको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार घटना स्थल सुँघेर लैला राजमार्गसम्म आएको र त्यसपछि अलमलिएको थियो । हत्यारा भागेको बाटो पत्ता लगाउने क्रममा लैला दुईपटक राजमार्गसम्म आएको थियो ।
घटना स्थल नजिकै फेला परेको मोटरसाइकल विगत एक महिनादेखि मगरले नै प्रयोग गर्दै आएका थिए । सोही मोटरसाइकल चढेर वा चढाइएर मगरलाई जंगलमा पुर्याइएको आशंका छ ।
गोमनसिंह मगर मंगलबार साँझ देखि बेपत्ता भएका थिए । राती अवेरसम्म घर नआएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए । प्रहरी श्रोतका अनुसार हरेक कोणबाट घटनाको अनुसन्धान हुन्छ । अपराधी सम्म प्रहरी पुगेरै छाड्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ‘अनुसन्धानका कुनै कसुर बाँकी रहदैन । प्रहरीले हत्यारा पत्ता लगाएरै छाड्ने छ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले भन्नुभयो ।
मगरको शव धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे भेटिएको हो । शिवसताक्षी नगरको वडा नम्बर ११ मा पर्ने रतुवामाई वृक्षारोपणका बन रक्षकले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घटना स्थल मृतकको घर देखी करिव २ किलोमिटर र ईलाका प्रहरी कार्यालय झिलझिले देखी १ किलो मिटर उत्तर जंगलमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मगर हत्या अनुसन्धानमा अल्मलियो हत्या ट्रयाकर डग ‘लैला’, प्रहरीलाई थपियो चुनौति

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments