Home समाचार २४ घण्टामा ९ जिल्लाका १२ जनाको मृत्यु, ११२० नयाँ संक्रमित

२४ घण्टामा ९ जिल्लाका १२ जनाको मृत्यु, ११२० नयाँ संक्रमित

झापा । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जिल्लाका १२ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधीमा ६ महिला र ६ पुरुषले ज्यान गुमाएका हुन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार चितवनका २ महिला र एक पुरुष, काठमाडौंका १ महिला र २ पुरुषले ज्यान गुमाएका छन् भने ललितपुर, तनहुँ, बारा, कपिलवस्तु र भक्तपुरका १÷१ जनाले को मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि भइ मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यो कूल संक्रमित मध्ये मृत्युदर ०.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जनाउनु भएको छ ।
त्यस्तै सोही अवधीमा झापाका ११ सहित देशभरमा एकहजार एकसय २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार छसय ४९ पुगेको छ । ती मध्ये २३ हजार दुईसय ९० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार २४ घण्टामा ९ जिल्लाका १२ जनाको मृत्यु, ११२० नयाँ संक्रमित

Most Popular

Recent Comments