Home Featured 2 पिसिआर परीक्षणका लागि ६५६ जना सिटी तथा टेम्पो चालकको स्वाब संकलन

पिसिआर परीक्षणका लागि ६५६ जना सिटी तथा टेम्पो चालकको स्वाब संकलन

विर्तामोड । विर्तामोड नगरपालिकाले सिटी रिक्सा चालकहरुको आज सामुहिक पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।
एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताउनुभयो ।
टेम्पो चालकहरु धेरै जोखिममा छन् । यसर्थ नगरप्रमुख धु्रबकुमार शिबाकोटीको सोच अनुसार ठूलो संख्यामा उनीहरुको स्वाब संकलन गरेर पठाएका छौं, उहाँले भन्नुभयो ।
बिर्तामोडमा रहेका क्वारेन्टिनमा पनि आवश्यक सेवा पर्याप्त मात्रामा दिइएको नगरप्रमुख शिवाकोटीले बताउनु भयो । जसका कारण बिर्तामोड अरु पालिकाको तुलनामा केही सुरक्षित रहेको उहाँको भनाई छ । उहाँले नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम समितिको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अहोरात्र काम गरिरहेकोमा प्रसंसा गर्नुभयो ।
टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण ती साधनमा आवत–जावत गर्ने मानिसहरु पनि जोखिममा थिए । अब त्यो कम हुने बिश्वास छ । किनभने अब चालकहरुले सवारीका साधन चलाउँदा पिसिआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 पिसिआर परीक्षणका लागि ६५६ जना सिटी तथा टेम्पो चालकको स्वाब संकलन

Most Popular

Recent Comments