Home समाचार जरोकिलोको बैठकमा पार्टी प्रवेश

जरोकिलोको बैठकमा पार्टी प्रवेश

भद्रपुर १५ भदौ । मौलिक जरोकिलो पार्टीे झापाको विर्तामोडमा सम्पन्न विस्तारित बैठक सहितको एक भेलामा झापाका विभिन्न स्थानहरुबाट ३ दर्जनले पार्टी प्रवेश गरेका छन् ।
पार्टीको विर्तामोडस्थित कार्यलयमा सम्पन्न भेलामा उपस्थितले मौलिक जरोकिलो पार्टीले अंगालेको दर्शन र सिद्धान्तबाट आफुहरु अभिप्रेरित भई राष्ट्रोदयको महाअभियानमा सरिक हुन आफुुहरुले सो पार्टीको सदस्यता ग्रहण गरेको बताउनु भयो ।
नव प्रबेशिहरुलाई पार्टी प्रदेश एकका अध्यक्ष ईन्द्रप्रसाद ओली , झापा अध्यक्ष नारायण रिजाल ,प्रदेश संयोजक रमेश बास्तोला ,प्रदेश महासचिव अर्जुनकुमार भट्टराई लगाएतका सहभागिहरुले पार्टी सदस्यता प्रदान गर्दै सो पार्टीमा प्रवेश गराउनु भएको थियो ।
कार्यक्रममा बास्तोला ,रिजाल , दिपेन्द्र घिमिरे,अनिल चौधरी ,सीता गौतम,लगाएतले मन्तव्य राख्नु भएको थियो । ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममको स्वागत प्रदेश सचिव रमादेवी निरौलाले गर्नू भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जरोकिलोको बैठकमा पार्टी प्रवेश

Most Popular

Recent Comments