Home समाचार कोरोनाबाट २४ घण्टामा ८ जिल्लाका १२ जनाको मृत्यु

कोरोनाबाट २४ घण्टामा ८ जिल्लाका १२ जनाको मृत्यु

झापा १३ भदौ । कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा १२ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ महिला र ९ पुरुषसहित १२ जनाले ज्यान गुमाएका हुन्् । यसरी ज्यान गुमाउनेहरुमा पर्सा, सिराहा, कास्की, गोरर्खा, पाल्पा, काठमाडौं, र भक्तपुर र ललितपुरका रहेका छन् ।
कोरोना संक्रमणबाट शुक्रबार १२ जनाले ज्यान गुमाएका थिए भने विहीबार ८ र बुधबार ११ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको थियो ।
यसरी हेर्दा कोरोना संक्रमण पुष्टि भइ ज्यान गुमाउनेहरुको संख्या निरन्तर बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोनाबाट २४ घण्टामा ८ जिल्लाका १२ जनाको मृत्यु

Most Popular

Recent Comments