Home समाचार वैदिक समाजमा मिरादेवी

वैदिक समाजमा मिरादेवी

भद्रपुर १३ भदौ । वैदिक समाज झापाको पाँचौं अधिवेशनले मिरादेवी पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको विशेष अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि गठित समितिको सचिवमा द्रोण अधिकारी, कोषाध्यक्ष लोकबहादुर कुँवरलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरी सदस्यहरूमा क्रमशः मिना घिमिरे पराजुली, प्रशोत्तम कार्की, निश्चल भट्टराई र अश्विन खनाललाई निर्विरोध चयन गरिएको छ । त्यसैगरी उद्धवप्रसाद पराजुलीको संयोजकत्वमा शालिग्राम आचार्य र सविन जोगी सदस्य रहने गरी सल्लाहकार समिति समेत चयन गरिएको छ ।
सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक समाजमा आवद्ध रहेका बालबालिका मध्ये माध्यमिक तह कक्षा १० को परीक्षा २०७६ मा उत्कृष्ट स्थान हाँसिल गर्ने आदित्य पोखरेल र प्रणव भट्टराईलाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वैदिक समाजमा मिरादेवी

Most Popular

Recent Comments