Home महिला मंगलादेवी सिंहको योगदानबारे चर्चा

मंगलादेवी सिंहको योगदानबारे चर्चा

विर्तामोड ११ भदौ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष तथा अग्रज प्रजातन्त्रवादी नेतृ मंगलादेवी सिंहको २४ औं स्मृति दिवसको अवसर पारेर देशभरका महिला नेतृहरुले मंगलादेवी सिंहको जीवनी र राजनीतिक योगदानबारे चर्चा गरेका छन् ।
एन.सी. वुमन फोरम ९लअ धयmभल ायचगm० को आयोजनामा सम्पन्न भर्चुअल बैठक (जुम)मा महिला अधिकार स्थापना र लोकतान्त्रिक शासन ब्यवस्थाका लागि मंगलादेवी सिंहले पु¥याएको योगदानको चर्चा गरिएको हो ।
जुममा सहभागी महिला नेतृहरुले मंगलादेवी सिंहले महिलाहरुको मतदान अधिकार, सामाजिक सशक्तिकरण, शैक्षिक, राजनीतिक अवसर सिर्जनाका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
राणाहरुको क्रुर शासन ब्यवस्था भएको तत्कालीन अवस्थामा पनि पिकनिक लगेर महिलाहरुलाई संगठित गर्दै नेपाल महिला संघको स्थापना गर्नु र लोकतान्त्रिक शासन ब्यवस्थाका लागि राणाहरुकै सामु जुलुस लिएर पु्ग्नु स्वर्गीय सिंहका शाहसिक कार्य भएको चर्चा गरेका थिए । कार्यक्रममा सहजीकरण देवा डाँगीले गर्नुभएको थियो । महिलाहरुकै अगुवाइमा स्थापित एन.वुमन फोरमले समसामयिक सन्दर्भ र राजनीतिक विषयमा चर्चा परिचर्चा तथा प्रशिक्षण समेत सञ्चालन गर्ने क्रममा मंगलादेवी सिंहको स्मृति दिवसको अवसरमा उहाँको योगदानको चर्चा गरेको हो ।
स्व. सिंहले राणा शासकहरुको क्रुर शासनका विरुद्ध सशक्त आवाज उठाउन महिलाहरुलाई पिकनिक लगेर भूमिगत रुपमै २००४ सालमा महिला संघको स्थापना गर्नुभएको थियो । आजीवन महिला संघको अध्यक्ष रहनुभएकी सिंहले त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा भएका ब्यवस्था परिवर्तनका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएको थियो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल महिला संघ तथा नेपाली कांग्रेसका विभिन्न तहमा रहेर नेतृत्व संहालीरहेका महिला नेतृहरुको सहभागितामा सम्पन्न कार्यक्रममा मंगलादेवी सिंहले चाहेजस्तो परिवर्तन र महिलाहरुको सशक्तिकरणका लागि हरेक क्षेत्रमा सशक्त सहभागिता आवश्यक रहेको बक्ताहरुको धारणा थियो ।
‘अहिले पनि महिलालाई दोस्रो स्थानमा नै राख्ने प्रवृत्ति राज्यका हरेक निकाय तथा राजनीतिक दलहरुमा छ,’–कार्यक्रममा सहभागी वक्ताहरुको साझा धारणा थियो–‘अव पहिलो दर्जाको पदीय दायित्व पूरा गर्न महिलाहरु सक्षम छन् । महिलालाई अवसरको खाँचो छ ।’
वि.सं. १९८१ मा काठमाडौंमा जन्मनुभएकी सिंहको १९९७ मा गणेशमान सिंहसँग विवाह भएको थियो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाविरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । पद्म शमशेरले गरेको सुधारप्रति असन्तुष्ट सिंह २००५ सालमा जुलुस लिएर राणाहरुको दरबार अगाडि पुग्नुभएको थियो भने २००७ सालमा प्रजातन्त्र स्थापनाअघि भएको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको थियो ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गर्दै संसदीय ब्यवस्थाको अपहरण गरेको विरोधमा आन्दोलन गर्ने क्रममा पक्राऊ पर्नुभएकी सिंहलाई पाँचवर्ष कैद सजाय दिइएको थियो २०२५ सालपछि ८ बर्षसम्म प्रवासी जीवन विताउनुपरेको थियो । उहाँको २०५३ मा निधन भएको थियो ।
श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो। २०२५ सालपछि ८ वर्ष प्रवासमा रहनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला मंगलादेवी सिंहको योगदानबारे चर्चा

Most Popular

Recent Comments