Home बिबिध सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

ललितपुर १० भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशत भन्दा कम भएको छ ।
बैंकले भदौ १० गतेदेखि लागु हुने गरी परिवर्तन गरेको कर्जाको ब्याजदर सिंगल डिजिटको बनाएको हो । न्यूनतम साढे ६ प्रतिशतदेखि बढीमा साढे दश प्रतिशतसम्मको ब्याजदर कायम भएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकका अधिकांश कर्जाको ब्याज सिंगल डिजिटको बनाइएको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
कृषि तथा कृषि परियोजना कर्जामा साढे ६ देखि ९ दशमलव २५ प्रतिशतसम्म तथा परियोजना कर्जामा ६ दशमलव ७५ देखि ९ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ । बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबै भन्दा बढी दीगो सहकारी कर्जा र चालु पूँजि कर्जामा साढे १० प्रतिशत कायम गरेको छ । आवधिक कर्जामा ८ देखि १०.२५, हायर पर्चेज कर्जामा ९.९९ तथा लघु कर्जामा ९ देखि १०.२५ प्रतिशत ब्याज कायम गरेको छ ।
बैंकले सदस्यहरुमार्फत लिने निक्षेपमा साढे २ प्रतिशतदेखि ७ प्रतिशतसम्म कायम गरिएको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैंकले कोरोनाका कारण सरकारले जारी लकडाउन अन्तरगत चैत देखि जेठ सम्मको ब्याजमा १० प्रतिशत छुट दिएको थियो । असार गतेदेखि कर्जा २ प्रतिशत ब्याज कम गरेको बैंकले यस पटक थप ब्याज परिवर्तन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बिबिध सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments