Home समाचार कम्युनिस्ट र कांग्रेस छोडेर जरोकिलोमा प्रवेशको लहर बढ्दै

कम्युनिस्ट र कांग्रेस छोडेर जरोकिलोमा प्रवेशको लहर बढ्दै

भद्रपुर । देशमा बिद्यमान रुपमा चर्चामा रहेका राजनीतिकहरुले नेपाल र नेपालीलाई भ्रामक सपना देखाएर व्यत्तिगत स्वार्थमा तल्लिन भएको भन्दै आफु आबद्ध पार्टी छोडेर झापाका विभिन्न व्यक्तिहरुको मौलिक जरोकिलो पार्टीमा प्रबेश गर्ने क्रम बढेर गएको छ ।
गत बर्ष गठन भएको उक्त पार्टीमा बिगत २ दिनको अबधिमा नेकपा र नेपाली कांग्रेसमा आबद्ध सयौं जनाले कांगे्रस र कम्युनिष्ट पार्टी छोडेर मौलिक जरोकिलो पार्टीमा प्रवेश गरेका हुन । यसरी प्रबेश गर्नेहरुमा झापाको भद्रपुर, विर्तामोड, हल्दिवारी, अर्जुनधारा, दमक लगायतका विभिन्न क्षेत्रबाट क्रमशः निपेश प्रसाई , झरना थापा, भारती राजबंशी, गजेन्द्र पोखरेल, भिमादेवी भट्टराई, जयप्रसाद पाठक, शान्ता नेपाल यशोदादेवी पोखरेल लगायत एकसय भन्दा बढी रहेको बताइएको छ ।
नव प्रवेशीलाई प्रदेश नं १ का अध्यक्ष इन्द्रप्रसाद ओली, १ नं प्रदेश महासचिव अर्जुनकुमार भट्टराई, सचिव रोमादेवी निरौला लगायतका पदाधिकारीहरुले फुल माला र अबिरले स्वागत गर्नुका ुाथै पार्टी सदस्यताको प्रमाण पत्र समेत वितरण गरेका थिए ।
उहाँंहरुलाई पार्टी प्रबेश गराउदै अध्यक्ष ओलीले नेपालको बिशेषता र गौरबलाई लत्याएर जवसम्म बिदेशी प्रतिमानलाई आधार मानेर देशमा शासन संचालन भइरहन्छ तवसम्म राष्ट्रको कल्याण हुन नसक्ने बताउदै पार्टी प्रबेशको लहर झापामा मात्र नभएर प्रदेश नं १ सम्म निरन्तर चल्दै जाने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कम्युनिस्ट र कांग्रेस छोडेर जरोकिलोमा प्रवेशको लहर बढ्दै

Most Popular

Recent Comments