Home समाचार चार पत्रकारलाई पूर्व प्रेस चौतारीद्वारा उपचार सहयोग

चार पत्रकारलाई पूर्व प्रेस चौतारीद्वारा उपचार सहयोग

झापा । पूर्व प्रेस चौतारी झापाद्वारा स्थापित पत्रकार उपचार कोषबाट झापाका चारजना पत्रकारलाई उपचार सहयोग प्रदान गरिएको छ ।
कोषका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच पत्रकारहरु धर्मेन्द्र भट्टराई, पुष्प बराल, प्रेम आचार्य र सुनिरा मैनालीलाई उपचार सहयोग स्वरुप प्रतिव्यक्ति नगद ५÷५ हजारका दरले रकम प्रदान गरिएको हो ।
उपचार सहयोग रकम पाउने पत्रकारहरु भट्टराई शैक्षिक भ्रमणका शिलशिलामा बस दुर्घटनामा परेर घाइते भएका थिएभने बराल मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका थिए । त्यस्तै आचार्य केही महिना अघि हिड्दा हिड्दै बाटोमा चिप्लिएर घाइते हुनुका साथै केही वर्ष अघि भएको दुर्घटनाका क्रममा खुट्टामा लगाइएको स्टिल यसैवर्ष निकालिएको स्रोतले जनाएको छ । त्यसैगरी मैनाली प्रहरीको गोली लागेर घाइते भएकी थिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष भिमा शिवाकोटी, सचिव सन्तोष आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य तीर्थ सिग्देल तथा अग्रज पत्रकार माधव विद्रोहीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मुक्ति पौडेलको स्वागत र प्रदिप परियारको सञ्चालन रहेको कार्यक्रममा उपस्थित पत्रकारहरुलाई प्रेस ज्याकेट समेत वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चार पत्रकारलाई पूर्व प्रेस चौतारीद्वारा उपचार सहयोग

Most Popular

Recent Comments