Home समाचार मेयर पराजुलीको सुविधा कोरोना जाँचमा, विराटनगर महानगरपालिकाद्वारा कोरोना जाँच मेसिन खरिद

मेयर पराजुलीको सुविधा कोरोना जाँचमा, विराटनगर महानगरपालिकाद्वारा कोरोना जाँच मेसिन खरिद

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आफ्नो एकवर्षको सुविधा महानगरपालिकाले खरिद गरेको कोरोना जाँच मेसिनमा खर्चने बताउनु भएको छ ।

महानगरपालिकाका मेयर पराजुली

महानगरपालिकाले निजी क्षेत्रको समेत सहयोगमा कोरोना जाँच सम्बन्धी मेसिन खरिद गरेको जानकारी दिंदै आफ्नो १ वर्षको सुविधा समेत त्यही गर्न गर्ने बताउनु भएको हो । उहाँका अनुसार मेसिन खरिद तथा सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको छ ।
विराटनगर महानगरपालिकाले कोरोना परीक्षणका लागि खरिद गरेको मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्ने मेयर पराजुलीले बताउनु भयो । सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर पराजुलीले बताउनु भयो ।
कोरोना मेसिन खरिद तथा सञ्चालनका लागि उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख, उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, प्रदीप मुरारकाले पाँच लाख, नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् ।
उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले एक लाख, नेपाली कांग्रेस विराटनगर कार्यबाहक सभापति अरुण न्यौपानेले एक लाख रुपैयाँ पीसीआर मेसिन खरिदका लागि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मेयर पराजुलीको सुविधा कोरोना जाँचमा, विराटनगर महानगरपालिकाद्वारा कोरोना जाँच मेसिन खरिद

Most Popular

Recent Comments