Home Featured 2 झापामा आज ८ संक्रमित थपिए विर्तामोडको रत्न सुपरमार्केट शिल

झापामा आज ८ संक्रमित थपिए विर्तामोडको रत्न सुपरमार्केट शिल

झापा । पछिल्लो २४ घण्टामा झापाका ८ सहित देशभर ८१८ जना नयाँ संक्रमित थपिएका छन् । झापाको विर्तामोड–५ का २ महिला, कमल गाउँपालिकामा १ महिला र २ पुरुष, जिल्ला प्रहरी कार्यालयका एक प्रहरी तथा गौरादह नगरपालिकाका २ सहित आठजनामा संक्रमण देखिएको चौलागाईले जानकारी दिनुभयो ।
विर्तामोड–५ का दुई महिलामा संक्रमण देखिएसंगै विर्तामोडस्थित रत्न सुपर मार्केट आज देखि अर्को सूचना नभएसम्मका लागि शिल गरिएको छ । उक्त मार्केटभित्र सुन चाँदीको व्यवसाय गर्ने व्यवसायीका परिवारमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि विर्तामोडको मुख्य मार्केट जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि पूर्वतर्फ प्रसाई मार्केटसहित रत्न सुपरमार्केट शील गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 झापामा आज ८ संक्रमित थपिए विर्तामोडको रत्न सुपरमार्केट शिल

Most Popular

Recent Comments