Home समाचार कोरोनाबाट झापा दमक–१ का एक पुरुषको मृत्यु

कोरोनाबाट झापा दमक–१ का एक पुरुषको मृत्यु

झापा । कोरोना भाइरस संक्रमणबाट झापा दमक–१ का ५६ वर्षीयको ज्यान गएको छ । १५ दिन अघि काठमाडौं रेफर भएका उनको काठमाडौंको हेम्स अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिनुभयो । उनीसंगै पछिल्लो २४ घण्टामा थप तीनजनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना सम्बन्धी नियमित प्रेस ब्रिफिङमा जनाउनु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । जसमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोनाबाट झापा दमक–१ का एक पुरुषको मृत्यु

Most Popular

Recent Comments