Home अर्जुनधारा अर्जुनधाराको बजेट ७९ करोड ६३ लाख बढी

अर्जुनधाराको बजेट ७९ करोड ६३ लाख बढी

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ७९ करोड, ६३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख हरिकुमार रानाको कार्य कक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षका लागि नगरले तय गरेको बजेट सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले सो रकम बराबरको बजेट प्रस्तुत गर्नुभएको बजेटले प्रस्तुत बजेट कोरोना भाइरस (कोभिड–१९) लक्षित गरि कृषि, स्वास्थ्य, पर्यटन बिकास, प्राथमिकता दिइएको छ ।
सो अवसरमा योजना अधिकृत हिमराज सेढाईले नगरका योजनाबारे जानकारी गराउनु भएको थियो ।त्यस्तै स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले अर्जुनधारा नगरपालिकामा कोरोना भाइरस संक्रमण शुन्यमा झरेको जानकारी दिनु भएको थियो । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश १ का सांसद बृखबहादुर प्रधानले मन्तव्य राख्नु भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अर्जुनधारा अर्जुनधाराको बजेट ७९ करोड ६३ लाख बढी

Most Popular

Recent Comments