Home समाचार सूर्य नगरमा ९० बढी नेपाली कांग्रेसमा प्रवेश

सूर्य नगरमा ९० बढी नेपाली कांग्रेसमा प्रवेश

भद्रपुर ६ भदौ । बलियो जनमत पाएको कम्युनिस्ट सरकारले सत्तारोहणको ३ वर्षे अवधिमा श्रमजीवि वर्गको हितका लागि काम गर्न नसकेको भन्दै भद्रपुर ३ का ९० जना बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस भद्रपुर ३ सूर्यनगर टोल समितिको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा लगायत दल त्यागेर ९० जना बढी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
टोल समितिका अध्यक्ष सम्सेर तामाङ्ग मोक्तानको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ३ अन्तर्गत सूर्यनगरका धिमालधुरा, बल्क नः १० हातिमारा, नयाँ बस्ती र भैसावारी क्षेत्रका गरी ९० जना युवाहरू नेकपा लगायत पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री कुष्णप्रसाद सिटौला, क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन लगायत वडा कार्य समितिका पदाधिकारीहरूले अविर लगाएर कांग्रेसमा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सूर्य नगरमा ९० बढी नेपाली कांग्रेसमा प्रवेश

Most Popular

Recent Comments