Home समाचार शनिवार आठ प्रहरी र सात कर्मचारीसहित झापाका १७ जनामा कोरोना

शनिवार आठ प्रहरी र सात कर्मचारीसहित झापाका १७ जनामा कोरोना

दमक ६ भदौ । नेपाल प्रहरीका आठ र ७ कर्मचारीसहित झापाको दमक नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना देखिएकाहरुमा दमककै एक औषधी व्यवसायी र एकजना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
संक्रमित १७ जना मध्ये ३ महिला र १४ जना पुरुष रहेका छन् । देशभर ६३४जना नयाँ संक्रमित थपिएका छन् भने १२५ जना उपचारपछि घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज थप नौ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार शनिवार आठ प्रहरी र सात कर्मचारीसहित झापाका १७ जनामा कोरोना

Most Popular

Recent Comments