Home समाचार खोलाले बगाउँदा बालकको मृत्यु

खोलाले बगाउँदा बालकको मृत्यु

विर्तामोड ४ भदौ । सानो माई खोलाले बगाएर बुधबार साँझ बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ बर्षीय राजु भण्डारी विहीबार मृत फेला परेका छन् ।
उनी बुधवार साँझ ७ बजेतिर सानो माइखोलामा पौडी खेल्ने क्रममा अचानक वेपत्ता भएका थिए । बेपत्ता भएका उनको खोज गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले विहीबार बिहान मृत फेला पारेको हो ।
उनको शब बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिणमा भेटिएको जिल्ला प्रहरी कार्यालय झापालाई उदृत गर्दै १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार खोलाले बगाउँदा बालकको मृत्यु

Most Popular

Recent Comments