Home समाचार एकैदिन कोरोनाबाट ७ को मृत्यु, एकहजार १६ मा संक्रमण

एकैदिन कोरोनाबाट ७ को मृत्यु, एकहजार १६ मा संक्रमण

झापा २ भदौ । कोरोना भाइरसको संक्रमणका कारण आज देशभर ७ जनाको मृत्यु भएको छ भने एकहजार १६ जना संक्रमीत भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार १३ हजार ५ सय ६१ जनामा गरिएको स्वाव परिक्षणमा एकहजार १६ जनामा संक्रमण देखिएको हो । यो संक्रमण र मृत्युदर अहिलेसम्मकै उच्च हो ।
प्रदेश १ मा मात्रै १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने झापामा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार देशभरमा २८ हजार २ सय ५७ पुगेको छ । हालसम्म ५ लाख ८२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएकोमा सो बराबर संक्रमीत भएका हुन् । संक्रमितमध्ये १७ हजार ५ सय ८० जना कोरोना जितेर घर फर्किएका छन् भने १ सय १४ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार एकैदिन कोरोनाबाट ७ को मृत्यु, एकहजार १६ मा संक्रमण

Most Popular

Recent Comments