Home समाचार लम्पी स्किन डिजिज’बाट झापाका ४० हजार बढी पशु जोखिममा,प्रकोप १५ वटै स्थानीय...

लम्पी स्किन डिजिज’बाट झापाका ४० हजार बढी पशु जोखिममा,प्रकोप १५ वटै स्थानीय तहमा

रेजिना गौतम

झापा । ‘यो वर्ष मानिस, पशुपंक्षी र कृषिमा नयाँ रोग देखियो’–जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गंगाराम यादवले भन्नुभयो–‘मानिसमा कोरोना, पशुपंक्षीमा लम्पी स्किन डिजिज र कृषिमा सलह देखियो, यी तीनै रोगको उपचार पत्ता लागेको छैन ।’ झापाका १५ वटै स्थानीय तहका पशुमा देखिएको अनौठो रोगका बारे सोधिएको जिज्ञासाका क्रममा डा. यादवले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
यसैवर्षदेखि झापाका पशु (खासगरी गाई) मा देखिएको अनौठो रोगका कारण पशुपालक कृषकहरु चिन्तित छन् । गोठमा पालेका गाईमा अचानक फोका देखिने, उक्त फोका बढ्दै जाने र फुट्ने घाउ हुने र जोर्नी तथा जीउ सुन्निने गरेपनि उक्त रोग के हो भन्ने किसानले भेउ पाउन सकेका छैनन् ।
कोरोनाको औषधि पत्ता नलागेजस्तै लम्पीको पनि औषधि पत्ता लागेको छैन । त्यसैगरी कृषिमा देखिएको सलहको पनि औषधि पाइदैन । तर यी तिनै रोग संक्रामक देखिएका छन् ।
पहिला गाईलाई ज्वरो आउने, ज्वरोसंगसंगै खुट्टाका जोर्नीमा गाँठागुठी देखिने, विस्तारै सुन्निने र गाँठा फुटेपछि जीउनै सुन्निने अनौठो रोगको समस्या देखिन थालेको अर्जुनधारा–९ निवासी डिल्लीराम दाहालले जानकारी दिनुभयो ।
पशुले ज्वरो आएपछि खान मन नगर्ने र क्रमश शिथिल बन्दै जाने दाहालले बताउनु भयो । अधिकांस जसो स्थानीयबासीको गाईमा यो समस्या देखिएको हो । स्थानीयका अनुसार उक्त रोग बढ्दै जाँदा गाईमा ज्वरो आउने, दूध कम आउन थाल्ने जस्ता लक्षणहरु देखिन्छन् ।
‘यस्ता रोग लागेका पशुको दूध खानु हुन्छ कि हुँदैन भन्ने पनि थाहा छैन’ अर्जुनधारा–९ कै रेनु बस्नेतले भन्नुभयो–‘तर दूध र दहीको स्वाद पहिलाको जस्तो छैन ।’
गाईवस्तुमा यस्तो अज्ञात रोग देखिन थालेपछि किसान चिन्तित छन् । घरमा पालिएका तथा ब्यावसायिक रुपमा सञ्चालन गरिएका गाई फर्ममा समेत यस्तो रोग देखिएपछि किसान र ब्यवसायी चिन्तित बनेका हुन् । ‘पहिला गाईमा मानिसलाई निस्कने पानी फोका जस्तो फोका देखियो, त्यो फोका २४ घण्टा नवित्तै शरीरभरी फैलियो’ कालिका पीठले सञ्चालन गरेको गौशालाका गौसेवक जयन्त चापागाँईले विरामी गाई देखाउँदै भने–‘त्यसपछि गाईका सबै जोर्नी जोर्नीमा गाँठा देखियो, अहिले गाँठा फुट्न थालेको छ, यो रोगले भेटेपछि गाई एकदमै कमजोर भएका छन् ।’ गौशालाको ११ बढी गाई र गोवंशमा यो समस्या देखिएको उनले बताए ।
पशुमा देखा परेको उक्त रोग लम्पी डिजिज नामक एकप्रकारको भाइरल भएको अर्जुनधारा नगरपालिका पशु सेवा इन्चार्ज पदमबहादुर राईले बताउनुभयो । झापामा पहिलोपटक यो रोग देखिएको उहाँले जानकारी दिनुभयो ।
पशुमा अनौठो रोग देखा परेपछि पशुपालक किसान त्रसित भएका बेला राईले भने उक्त रोगकै कारण पशु नमर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यो मात्रै रोग लागेर मर्ने संभावना एकदमै न्यून हुन्छ, यसको मृत्यु दर १.५ प्रतिशत मात्र हो ।’ तर, अरु रोग थपियो भने भन्न नसकिने उहाँको भनाइ छ । अर्जुनधाराका कुनै–कुनै पशुमा ज्वरो समेत देखिएकाले एन्टिबायोटिक समेत प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । लम्पी डिजिजको खास औषधी नभएको बताइएको छ ।
झापाका १५ वटै स्थानीय तहका पशुमा देखिएको अनौठो रोग ‘लम्पी स्किन डिजिज’ भएको जिल्लास्थित पशुस्वास्थ्य कार्यालयका प्रमुख डा.गंगाराम यादवले बताउनु भयो । झण्डै १५ वर्ष अगाडि अफ्रिकन देशका पशुमा देखिएको उक्त रोग भारत हुँदै यो वर्ष पहिलो पटक नेपालमा देखा परेको यादवले जानकारी दिनुभयो । यादवका अनुसार भारतबाट पशु वारपार गर्दा नेपाल भित्रिएको हुन सक्ने यादवको अनुमान छ ।
गत असारको अन्तिम हप्ताबाट देखा परेको लम्पी स्किन डिजिजबारे कार्यालयले ११ दिन अघि गरेको सर्भेक्षण अनुसार ४० देखि ५० हजारसम्म पशु उक्त रोगको जोखिममा रहेको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्ममा ८ देखि ९ वटा पशुको मृत्यु भएको पाइएको उहाँले बताउनु भयो । उहाँका अनुसार व्यवसायीक ठूला पशुफार्म भन्दा साना पशुपालक कृषकका गोठमा उक्त रोग समस्या भन्दै गएको छ।
लामखुट्टे, झिंगा र डाँठले एकबाट अर्को पशुमा सार्न सक्ने एकप्रकारको भाइरल रोग लागेका पशुलाई अन्य पशुबाट अलग राख्ने, गोठ सरसफाईमा ध्यान दिनुका साथै स्प्रे गर्ने जस्ता सावधानी अपनाउन सके रोग कम भएर जाने उहाँको सुझाव छ । यादवले भन्नुभयो–‘लम्पी स्किन डिजिज भएका पशुबाट उत्पादनमा भने ७० देखि ८० प्रतिशतसम्म कमी आउन सक्छ, तर दूध मज्जाले उमालेर खाएमा केही मानिसलाई केही पनि हुँदैन ।’
यसको ठ्याक्कै औषधी नभएका कारण सरसरफाईमा ध्यान दिनुका साथै ज्वरो आएको भए त्यो कमी गर्न एन्टिवायोटिक र घाउ फुटेमा घाउमा लगाउने एकप्रकारको पोटासियम पर म्याग्नेट) नाम पाउडर पशु चिकित्सक तथा पशु प्राविधिकहरुको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार लम्पी स्किन डिजिज’बाट झापाका ४० हजार बढी पशु जोखिममा,प्रकोप १५ वटै स्थानीय...

Most Popular

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल...

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

Recent Comments