Home खेल फिफाको महिला फुटबल वरियतामा नेपाल यथावत

फिफाको महिला फुटबल वरियतामा नेपाल यथावत

झापा । विश्व फुटबल महासघ (फिफा)–को महिलातर्फको वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।
फिफाले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल यथास्थान (९९ औँ) स्थानमा रहेको छ ।
विश्वव्यापी कोरोना भाइरस महामारीका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा परेको देखिन्छ । पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकैखालको छ ।
एशियाली देशमा भने नेपाल २१ औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरीयतामा नेपालको स्थान दोस्रो छ ।
यस्तै फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् ।
विश्व वरीयतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्याण्ड चौथो, स्वीडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल फिफाको महिला फुटबल वरियतामा नेपाल यथावत

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments