Home Featured 2 एनआइसी एसिया बैंक बिर्तामोड शाखाका कर्मचारीसहित प्रदेश १ मा ८७ जनामा संक्रमण

एनआइसी एसिया बैंक बिर्तामोड शाखाका कर्मचारीसहित प्रदेश १ मा ८७ जनामा संक्रमण

झापा ३१ साउन । एनआइसी एसिया बैंकको बिर्तामोड शाखाका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बैंकमा कार्यरत ४३ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिर्तामोड नगरपालिकाले १७६ जनामा पाँच दिनअघि मास टेष्टिङ गरेको थियो । आज त्यसको रिपोर्ट आएको र बिराटनगर स्थायी ठेगाना भएका ती कर्मचारीलाई पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । विराटनगरबाट बिर्तामोड आएका बेला ती कर्मचारीको स्वाब संकलन गरिएको र रिपोर्ट पोजिटिभ देखिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिनुभयो ।
यो संगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार झापा, मोरङ, सुनसरी, तेह्रथुम, ओखलढुङ्गा, उदयपुर गरी ६ वटा जिल्लाका स्थानीयमा कोरोना देखिएको हो । जसमध्ये सबैभन्दा बढी मोरंगमा ६४, सुनसरीमा १९, झापा तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण देखिएका मध्ये सुनसरीका दुई महिला (वीपी स्वास्थ्य प्रतिष्ठानका नर्स) भएको बताइएको छ । प्रदेश १ मा आजसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ । देशभर शनिवार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 एनआइसी एसिया बैंक बिर्तामोड शाखाका कर्मचारीसहित प्रदेश १ मा ८७ जनामा संक्रमण

Most Popular

Recent Comments