Home समाचार सञ्चारकर्मी र सञ्चारगृहका लागि राहत प्याकेज ल्याउन माग

सञ्चारकर्मी र सञ्चारगृहका लागि राहत प्याकेज ल्याउन माग

विर्तामोड ३१ साउन । नेपाल प्रेस युनियन १ नं प्रदेशका अध्यक्षहरुले सञ्चारकर्मी र सञ्चारगृहका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
नेपाल प्रेस युनियन सुनसरीको समन्वयमा १ नं प्रदेश अध्यक्षहरुको भर्चुअल संवादमार्फत सम्पन्न बैठकले कोरोना महामारी र यसबाट सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुमा पुगेको असरबारे छलफल गर्दै विभिन्न नौबुँदे माग अघि सारेको हो । बैठकपछि संयुक्त हस्ताक्षरित विज्ञप्तिमार्फत सरकार र सरोकारवाला निकायसँग माग अघि सारिएको हो ।
बैठकले कोभिड–१९ को परीक्षण दर बढाउन, प्रदेश राजधानी र जिल्लामा कार्यरत पत्रकारहरुलाई कोरोना पुष्टी भए तत्काल आइशोलेशन सेन्टरमा भर्ना गरी उपचार गर्न, कोभिड–१९ का कारण आर्थिक संकट भोगिरहेका पत्रकारहरुका लागि सरकारी तथा गैरसहकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रबाट पारदर्शी र सहभागितामूलक लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण बन्द भएका र सञ्चालनमा समस्या भएका अनलाईन, रेडियो र टि.भी. जस्ता सञ्चार गृहका लागि ‘सफ्ट बैंक लोन’ र अन्य कल्यणकारी योजना ल्याउन, वर्तमान विषम परिस्थितिमा अंक नपुगेपनि प्रेसकाउन्सिलले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनबाट बञ्चित नगर्न र ग्रेडिङमा समावेश गर्न माग गरिएको छ ।
प्रेस युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरेको प्रमुख आतिथ्य र सुनसरी अध्यक्ष पवन अधिकारी, मोरङ अध्यक्ष कुमार लुइटेल, झापा अध्यक्ष इन्दु पूर्वेली, इलाम अध्यक्ष विप्लव भट्टराई, पाँचथर अध्यक्ष भीम बास्कोटा, ताप्लेजुङ अध्यक्ष सन्तोष पुर्कुटी, धनकुटा अध्यक्ष हिमा चेम्जोङ, तेह्रथुम अध्यक्ष टि.आर. लिम्बू, उदयपुर अध्यक्ष पर्शुराम थापा, खोटाङ अध्यक्ष उत्तम चम्लागाई लगायत सहभागी रहेको बैठकले महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायका विषयमा नेपाल पत्रकार महासंघद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न , धेरै पत्रकारको गुमेको रोजगारी पुनस्थापित गर्न रोजगार बैंकको स्थापना गर्न, देशभरका पत्रकारका लागि कोरोना वीमाको प्रबन्ध गर्न र प्रदेश अन्तरगतका जिल्लामा राष्ट्रिय मिडियामा कार्यरत पत्रकारले लामो समयदेखि पारिश्रमिक नपाएकाले तत्काल पारिश्रमिक उपलब्ध गराउन महासंघ र युनियन केन्द्रीय समितिलाई पहल गनर्, तथा पत्रकार महासंघको सदस्यता नविकरणमा छुट दिन पनि माग गरेको छ ।
वैठकले कोरोना पुष्टी भएका पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाप्रति श्रद्धाञ्जली पनि ब्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सञ्चारकर्मी र सञ्चारगृहका लागि राहत प्याकेज ल्याउन माग

Most Popular

सुखानी पार्कभित्र अवैध रुपमा रुख कटान,जोडिए सांसद प्रधान

झापा/झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सुखानी सहिद स्मृति पार्क भित्र अवैध रुपमा काटिएका सिसौंका रूखका सम्बन्धमा झापाका एक सांसदको नाम जोडिएको छ ।डिभिजन...

सात विस्थापित १२० परिवार जोखिममा

झापा । मंगलबारदेखि निरन्तर भएको वर्षातका कराण झापाको बाह्रदशी र हल्दिवारीमा गरी ७ घर विस्थापित भएका छन् भने अर्जुनधारा नगरपालिका वडा नं.–२...

मास्कले मेटायो बृद्धबाको भोक प्यास सदासदाका लागी

रुकु खनाल मिश्र थाह छैन वहाँको जवानी कसरी बित्यो । तर, चोकका चिया पसलहरुमा खप्पीस चिया गफाडी बाबा...

महिला हिंसा नियन्त्रण र सडक मानव व्यवस्थापनमा जोड

विर्तामोड । महिला हिंसा नियन्त्रण र सडक मानवको दिगो व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य र समन्वयको खाँचो औल्याइएको छ ।बुधबार बिर्तामोडमा ‘सडक...

Recent Comments