Home समाचार कोरोनाबाट मृत्यु भएका विराटनगर–३ का पुरुष विद्युतका कर्मचारी

कोरोनाबाट मृत्यु भएका विराटनगर–३ का पुरुष विद्युतका कर्मचारी

विराटनगर । कोरोना संक्रमणबाट बुधबार कोशी अस्पताल (कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएका विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक रहेको खुलेको छ । उनमा सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।
सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिए ती पुरुषको बुधबार अपरान्ह्र ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले बताउनु भयो ।
मधुमेह तथा उच्च रक्तचापको बिरामी उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो । बुधबार बिहानसम्म अवस्था सामान्य रहेका उनको दिउँसो अवस्था गम्भीर बनेको थियो । बुधबार नै कोरोना संक्रमण देखिएका मोरङको बुढीगंगा गाउँपालिका– २ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार शनिबार मात्रै कोरोना भाईरस पुष्टि भएका ८ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ भने ६४ जनाले कोरोनालाई जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोनाबाट मृत्यु भएका विराटनगर–३ का पुरुष विद्युतका कर्मचारी

Most Popular

Recent Comments