Home गौरीगञ्ज दुईसय ५० मा गौरीगंजका सर्वसाधारणको पिसिआर परीक्षण गरिने

दुईसय ५० मा गौरीगंजका सर्वसाधारणको पिसिआर परीक्षण गरिने

गौरीगंज २८ साउन । गौरीगंज गाउँपालिका भित्रका इच्छुक सर्वसाधारणले न्यूनतम शुल्कमा कोरोना परीक्षण गर्न पाउने भएका छन् ।
उद्योग वाणिज्य संघ गौरीगंजले गौरीगंज गाउँपालिकासंगको सहकार्यमा भोली विहिवार गाउँपालिका भित्रका सर्वसाधारणलाई २ सय ५० रूपैयाँमै कोरोना परीक्षण गरिदिने भएको हो ।
कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीलाई पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्ने संघका अध्यक्ष मखन महतोले जानकारी दिनुभयो ।
संघले गाउँपालिकाभित्रका इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाब परीक्षणका लागि विहीवार विहान ७ बजे वाणिज्य संघको कार्यालयमा सूचना समेत गरेको छ ।
स्वाब संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परीक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमको व्यवस्थापन वाणिज्य संघले गर्ने संघका अध्यक्ष महतोले बताउनु भयो । भारतीयसंग २२ किलोमिटर सीमाना जोडिएको गौरीगंज गाउँपालिका कोरोना भाइरसको उच्च जोखिम रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै वाणिज्य संघले समुदायस्तरमा पीसीआर परीक्षणको सोच बनाएको अध्यक्ष महतोले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

गौरीगञ्ज दुईसय ५० मा गौरीगंजका सर्वसाधारणको पिसिआर परीक्षण गरिने

Most Popular

Recent Comments