Home समाचार पत्रकार बानियाँ मृत फेला हत्या वा आत्महत्या ?

पत्रकार बानियाँ मृत फेला हत्या वा आत्महत्या ?

काठमाडौं । गत सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत भेटिएका छन् ।
कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बानियाँ मकवानपुरको भिमफेदी गाउँपालिका सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जनाउनु भएको छ ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उहाँले जानकारी दिनुभएको हो ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा खोजी गरेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।
बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ । तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभएको छ । बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पत्रकार बानियाँ मृत फेला हत्या वा आत्महत्या ?

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments