Home समाचार सुनको मूल्यमा घट्यो, बुधकार ९५ हजार ४ सय

सुनको मूल्यमा घट्यो, बुधकार ९५ हजार ४ सय

झापा । बुधबार एकैदिन सुनको मूल्य ६ हजार रुपैयाँले घटेको छ । विगत केही महिनायता निरन्तर उकालो लागेको सुनको मूल्य आइतबारदेखि ओरालो लाग्न शुरु भएको थियो । मंगलबार प्रतितोला एक लाख एक हजार ६ सयमा कारोबार भएको सुनको मूल्य बुधबार ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य बढेर एक लाख तीन हजार पाँच सयसम्म पुगेको थियो । यस्तै आजै चाँदीको मूल्य तोलामा २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी हालसम्मकै उच्च १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा यतिबेला सुन १८ सय ९१ डलरमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सुनको मूल्यमा घट्यो, बुधकार ९५ हजार ४ सय

Most Popular

Recent Comments