Home समाचार झापामा कोरोनासंग मिल्दो लक्षण देखिएका किशोरको मृत्यु

झापामा कोरोनासंग मिल्दो लक्षण देखिएका किशोरको मृत्यु

झापा । कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएका झापा कनकाई नगरपालिका–५ का एक किशोरको मृत्यु भएको छ । केहीदिन अघि साथीहरुसंग फुटबल खेल्ने क्रममा बलले छातीमा लागेर घाइते भएका कनकाई नगरपालिका–५ का १७ बर्षिय रोशन सुनारको झापाका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको हो ।
छातीमा बलले लागेका सुनार घरमै आराम गरिरहेका थिए । तर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि पुगेका थिए । स्वास–प्रश्वासमा समस्या आएपछि आज (मंगलबार) उपचारका लागि विर्तासिटी अस्पतालमा पुर्याइएको स्रोतले जनाएको छ । उपचारका लागि अस्पताल पुर्याइएका किशोरमा कोरोना भाइरस संक्रमणको शंका गर्दै विर्तासिटी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने जानकारी दियो ।
त्यसपछि विर्तामोडकै कनकाई अस्पतालमा उपचारका लागि पुगेका सुनारको त्यहाँपनि उपचार संभव नभएपछि उनलाई अभिभावक मेची अस्पताल भद्रपुर पुर्याएका थिए । सुनारको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए ।
सुनारमा केही दिनदेखि छाती दुख्ने, रुघाखोकी, दम र स्वास–प्रश्वासको समस्या देखिएको ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा कोरोनासंग मिल्दो लक्षण देखिएका किशोरको मृत्यु

Most Popular

Recent Comments