Home समाचार सहाराको जनमैत्री कार्यक्रम

सहाराको जनमैत्री कार्यक्रम

लक्ष्मीपुर २७ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले जनमैत्री कार्यक्रम शुरु गरेको छ । सहाराका हाल ६७ वटा सेवा केन्द छन् । तीमध्ये मध्ये लक्ष्मीपुर सेवाकेन्द्रले पहिलोपटक जनमैत्री कार्यक्रम शुरु गरेको छ ।
संस्थाको सेवा केन्द्रले कर्मचारीलाई स्कुलिङ र सदस्यलाई काउन्सिलिङ गर्दै जनमैत्री कार्यक्रमको शुभारम्भ गरेको हो । संस्थाका सहायक निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दिनेसबहादुर निरौलाले मन्दिर तथा शिक्षा बचतकर्ता बालिका विद्धता चापागाईले दीप प्रज्वलन गरेर मंगलवार जनमैत्री कार्यक्रमको शुरुवात गरेका हुन् ।
सहायक निर्देशक निरौलाले सदस्यको सन्तुष्टि अनुसार कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । सदस्यको रोजाईको संस्था बनाउन र मन जित्न सक्नेखालका कार्य सम्पादन गर्नुपर्नेमा उनले जोड दिए । सहायक निर्देशक निरौलाले कोरोना महामारीले विश्वको जनजीवन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै सदस्यहरुसँग राम्रो व्यवहार गर्न आग्रह गरे । उनले संस्थाले मोरङको मंगलवारे, पथरी, विराटचोक, इलामको इलाम बजार र सुनसरीको तरहरा र इनरुवामा छिट्टै बैकिङ्ग कारोवार शुरु गर्ने समेत जानकारी दिए ।
लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीको अध्यक्षतामा भएको कार्यक्रमलाई कर्मचारी खगेन्द्र निरौलाले सञ्चालन गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रमुख भारतीले बचत तथा ऋण दक्षिण एसियाली मापन सुचक (एक्सेस ब्राण्ड) अन्र्तगत कर्मचारीले जनमैत्री कार्यालय र कार्य सम्पादन गर्नु पर्ने बताए । उनले प्रत्येक दिन आउने पहिलो सदस्यले दीप प्रज्वलन गरेर कारोवार शुरु गर्ने बताएका छन् । उनले सवै कर्मचारीलाई डिजिटल समय अनुसार कार्य गर्नु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सहाराको जनमैत्री कार्यक्रम

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments