Home समाचार पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन

पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन

मेचीनगर । पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको आइतवार अपरान्ह पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार एकसाता अघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो ।हस्पिटलबाट आज घर पुर्याएको केही घण्टमै उनको निधन भएको हो । पत्रकारिता र साहित्य सिर्जनामा गर्ने
रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए । उनका थुप्रै साहित्यिक रचना प्रकाशित छन् । उनका पत्नी, दुई छोरा र एक छोरी छन् । मृतक श्रेष्ठको सोमबार झापाकै धुलावारी पूर्वतर्फ रहेको निन्दा नदीको रामघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन

Most Popular

Recent Comments