Home समाचार १० वर्षिया बालिकासहित मेचीनगरमा ८ जनामा संक्रमण

१० वर्षिया बालिकासहित मेचीनगरमा ८ जनामा संक्रमण

झापा । १० वर्षीया एक बालिकासहित भझापाको मेचीनगर नगरपालिकाका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा एक बालिका र ७ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिनुभयो । उनीहरू केही दिन अघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
झापाका ८सहित देशभर गत २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । योसंगै देशभर संक्रमितको संख्या २१ हजार सातसय ५० पुगेको छ भने ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार १० वर्षिया बालिकासहित मेचीनगरमा ८ जनामा संक्रमण

Most Popular

Recent Comments