Home समाचार ६० वर्षमाथिका बृद्धबृद्धालाई घरबाहिर ननिस्कन आग्रह

६० वर्षमाथिका बृद्धबृद्धालाई घरबाहिर ननिस्कन आग्रह

बिराटनगर । कोरोना संक्रमणका कारण सोमबार बिराटनगरमा आज एक ७७ वर्षिय बुद्धको मृत्युु भएको छ । कोशी अस्पतालमा उपचारका लागि आएका बिराटनगर ५ का ७७ बर्षका बृद्धको सोमबार मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिनुभयो । डा. सिग्देलका अनुसार उनी स्वास प्रस्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल आएका थिए । उनलाई आईसोलेसनमा उपचाररत ती बृद्धको कोरोना परिक्षण रिपोट पोजिटिभ आएको डा सिग्देलले बताउनु भएको छ ।
यसैबीच कोभिडको स्पेसिफिक उपचार नभएकोले संक्रमितलाई सर्पोटिङ उपचार मात्र दिंदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोना सम्बन्धी नियमित प्रेस ब्रिफिङका क्रममा गौतमले ६० वर्षमाथिका बृद्धबृद्धालाई कोरोना संक्रमण भए बचाउन कठिन हुने बताउनु भएको छ । बृद्धबृद्धा र बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै प्रवक्ता गौतमले भन्नुभयो–‘बृद्धबृद्धालाई कोरोना संक्रमण भएमा बचाउन कठिन छ ।’ उहाँले थप्नुभयो–‘बालबालिकाले पनि सामाजिक दुरी कायम गर्न सक्दैनन्, त्यही कारणले पनि जोखिम उत्पन्न हुन सक्छ, त्यसैले बालबालिकालाई पनि भरसक घरबाहिर निस्कन नदिनु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ६० वर्षमाथिका बृद्धबृद्धालाई घरबाहिर ननिस्कन आग्रह

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments